Posts

Showing posts from July, 2025

अमेरिकी फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान र रोग किरा व्यवस्थापन

Image
   -कृष्ण आचार्य भरतपुर, १५ असोज : चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ ।     विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु¥याएको छ । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताउनुभयो । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिनुभयो । “अण्डा सङ्कलनगरियो भने...

कृषक संरक्षणविनाको कृषि विकास

Image
               सुशील पौडेल २०७७ जेठ ३२ गते १३:१४ मा प्रकाशित नेपालको अध्यावधिक योजना, राष्ट्रिय कृषि नीति र कृषि वस्तु सम्बन्धित दर्जन बढी नीतिहरूमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यवसायीकरण र वातावरणीय अनुकूल कृषि प्रविधिको विकासलाई मुख्य रणनीतिको रुपमा राख्ने गरिएको छ । कोरोना महामारीले खुम्च्याएको पर्यटन, यातायातलगायत व्यक्ति स्वयं सम्पर्कमा रहेरमात्र प्रदान गरिने सेवा र वैदेशिक रोजगारीबाट विस्थापित श्रमिकको व्यवस्थापनका लागि कृषि क्षेत्र राम्रो विकल्पको रुपमा रहेको हुँदा आ.व. २०७७/७८ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । आ.व. २०७६/७७ मा कृषिको आन्तरिक उत्पादन ११८५ अर्ब हुने, कृषि उपजको आयात मासिक सरदर १८ अर्बको दरले २१६ अर्ब र  निर्यात मासिक सरदर ४ अर्बका दरले ४८ अर्ब रहने अनुमानको आधारमा नेपालमा १,३५३ अर्बको कृषि उपज खपत हुने गर्दछ । आयातित कृषि वस्तुको मुख्य सूचीमा खसीको मासु, माछा, चामल, मकै, गहुँ, चना, केराउ, आलु, प्याजलगायतका हरियो तरकारी, फलफूल, तेलहन, रक्सीको खाद र खाद्य पदार्थबाट बनेका वस्तुहरू...

काउली वर्गको तरकारीमा लाग्ने कालो कुहिने रोग

Image
   डा. रामदेवी तिमीला , रोगको परिचय : काउली वर्गको तरकारी खेती गरिने सबैजसो क्षेत्रहरुमा यो रोग लागेको पाईन्छ । नेपालमा पनि काउली, बन्दा, मूला, रायो, ब्रोकाउली, चाईनिज् बन्दा आदि बालीहरुमा यो रोग लागेको देखिएको छ । आद्र वातावरणमा पाईने यो रोग उष्ण र अर्धउष्ण वातावरण भएको क्षेत्रहरुमा बढी फैलिएको छ । चिसो बढी भएको ठाउँहरुमा यस रोगबाट हुने नोक्सानी न्यानो ठाउँहरुको दाँजोमा कमै हुन्छ । तर अनुकूल वातावरणमा रोगको कारणले गर्दा सम्पूर्ण बाली नष्ट हुन सक्छ । कालो कुहिने रोगको कारणबाट उत्पादनमा विभिन्न किसिमले ह्रास आउन सक्छ । नेपालमा यो रोग सर्वप्रथम २०२२ सालमा देखा परेको उल्लेख छ । रोगले ५० देखि १०० प्रतिशतसम्म बाली नष्ट गर्न सक्ने भएतापनि नेपालमा काउलीमा ६० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आएको उल्लेख छ भने पुरै बन्दा बाली नष्ट भएको पनि पाईएको छ । जान्थोमोनास् क्याम्पेस्त्रिस् पीभी क्याम्पेस्त्रिस् (Xanthomonas campestris pv. Campestris) नामक शाकाणुको कारणले यो रोग लाग्ने गर्दछ । रोगको लक्षणः यो रोगले बालीको कुनै पनि अवस्थामा आक्रमण गर्न सक्दछ । ब्याडमा बेर्नाको दलीय पातको किनारा ड...

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

Image
  परासी, १६ असोज : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् ।     जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताउनुभयो । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती शुरु गरेको हो । सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो । मसला उद्योग सञ्चालन गरी बजारमा शुद्ध बेसार(धुलो) उपलब्ध गराउने उद्देश्यले सहकारी आफैँले यसको खेती थालेको उहाँको भनाइ छ । यसबाट खेती गर्नेलाई रोजगारी मिल्ने र अन्य शेयर सदस्यलाई यसको खेती गर्न उत्प्रेरित गर्ने संस्थाले अपेक्षा लिएको छ ।     बजारमा मिसावट बेसार मात्र पाइने भएकाले शुद्ध बेसारको माग बढ्दो छ । “ठूलो क्षेत्रफलमा बेसार खेती गर्ने सोचका साथ हामीले स...

प्रतिरक्षा प्रणालीका स्रोत भएका यी खाद्य बस्तु नियमित खानुहोस रोग लाग्नबाट बच्चु होस् ।

एजेन्सी । रिपोर्टहरूमा दावी गरिएको अनुसार कोरोना भाइरसबाट बच्च रोगप्रतिरक्षा प्रणाली विकास बाहेक अन्य विकल्प छैन । प्रतिरक्षा प्रणाली कमजोर भएको मानिसहरू  कोरोना भाइरसको संक्रमणबाट ज्यान गइरहेको छ । प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष रूपमा खाना र पेय भर पर्छ । स्वस्थ खानाले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ । यद्यपि कुनै त्यस्तो खाद्य सामग्री जसको खानपान कोरोनासँग लड्न मद्दत गर्दछ भनेर जान्नको लागि यस किसिमको अनुसन्धान हालसम्म पत्ता लागेको छैन । केहि खाद्य पदार्थले स्वास्थ्य सुधार गर्दछ र शरीरलाई अन्य भाइरसहरुको आक्रामक विरुद्ध लड्न क्षमतालाई सुदृढ बनाउँछ । रोग प्रतिरक्षा प्रणालीको विकास गर्न हाम्रा दैनिक आहारमा केही विशेष चीजहरू समावेश गर्नुपर्दछ जसले हाम्रो इम्यु सिस्टम थप मजबुद बनाओस ।  क्याप्सिकम(भेडे खोर्सानी)   : भिटामिन सीको अधिकतम मात्रा क्याप्सिकममा पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक कप काटिएको भेडेखोर्सानीमा करिब २११ प्रतिशत भिटामिन सी हुन्छ, जुन सुन्तलामा पाइने भिटामिन सीभन्दा दोब्बर हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एउटा अध्ययन अनुसार...

परनिर्भरता बढ्दै, ५ वर्षमा ८ खर्बको कृषिजन्य वस्तु आयात

  सरकारले कृषिजन्य उत्पादनमा परनिर्भरता घटाउन विभिन्न महत्वपूर्ण ठूला परियोनजा लागू गरेपनि वर्षैपिच्छे कृषि जन्य उत्पादको आयात भने बढ्दै गएको छ । उत्पादकत्व बढाउन सरकारी ढुकुटीबाट वर्षीनै ठूलो रकम खन्याए पनि धान, चामल, मकै, गहुँ, कोदो, फापर, जौ जस्ता प्रमुख अन्नबाली, तेलहन, फलफूल तथा हरियो तरकारी समेत हामीले विदेशबाट ल्याएर खाने गरेका छौं । विगत ५ वर्षमा करिब ८ खर्ब रुपैयाँको कृषिजन्य वस्तु विभिन्न देशबाट आयात भएको छ ।  गत आर्र्थिक वर्ष २०७६/७७ मामात्रै दुई खर्ब ४३ अर्ब रुपयाँको कृषि वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । विभिन्न देशबाट खाद्यान्न, फलफूल, तरकारी तथा चियाकफिलगायतका कृषिजन्य वस्तु आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई खर्ब २४ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो । आव २०७२/७३ मा जम्मा साढे १ खर्बको यस्ता वस्तु आयात भएका थिए । ५ वर्षको अन्तरालमा ९३ अर्ब रुपैयाँले कृषिजन्य वस्तुको आयात बढेको छ अर्थात यो अवधिमा यस्तो आयात ६२ प्रतिशतले बढेको छ । खाद्यान्नमात्र होइन हामी दूधदेखि माछामासुसम्म, चामलदेखि चियाचिनी र मसलासम्म विदेशबाट आयात भएको छ । गत आ...

रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ ? नियमित यी खानेकुरा खानुहोस्

  कोरोना भाइरससँग लड्नको लागि शरीरमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्न यो धेरै महत्वपूर्ण छ । भिटामिन-सी समृद्ध चीजहरूले प्रतिरक्षाको स्तर बढाउन सक्ने विज्ञहरुले सुझाव दिएका छन् ।  अमला क्लिनिकल ट्रायल कम्युनिकेसनमा प्रकाशित एउटा रिपोर्टका अनुसार अमलाले रगतको मात्रामा सुधार गर्न र आक्सीडेटिव तनावको बायोमार्कर कम गर्न मद्दत गर्दछ । अमला भिटामिन सीको एक राम्रो स्रोत पनि हो । थप रूपमा यसले शरीरको लागि आवश्यक प्रोटीन, आइरन र फाइबर पनि समावेश हुन्छ । यो दैनिक खाएर रोग प्रतिरक्षा प्रणाली पनि मजबूत बनाउन सकिन्छ ।  सुन्तलामा धेरै पोषक तत्वहरू छन्। यसको ठूलो विशेषता भनेको यसमा पाइने क्यालोरीहरू हो । सुन्तला कुनै पनि प्रकारको संतृप्त फ्याट वा कोलेस्ट्रोलमा जन्य पदार्थ हुँदैन । यसमा फाइबर पाइनका साथै शरीरबाट हानिकारक पदार्थहरू बाहिर निकाल्दछ । सुन्तलाले पाचन प्रणालीहरूको लागि टानिकको रूपमा काम गर्दछ र प्रतिरोध क्षमता पनि सुधार गर्दछ । मेवा सुन्तला पनि कम क्यालोरी र फाइबरको राम्रो स्रोत हो। मेवाले शरीरलाई डिटोक्सिफाई गरेर पाचन सुधार गर्दछ । मेवाको दैनिक सेवनबाट पाचन प्रणालीमा रहेका...

३० अर्बको धान चामल आयात

आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि  पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं ।  चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटे...

निजी वनमा किसानको आकर्षण

भद्रपुर, झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ । तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । “दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,” सात वर्षदेखि कृषि वनमा रमाउनु भएका उहाँ भन्नुहुन्छ, “धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।” उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । “गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,”, उहाँल...

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

Image
सङ्खुवासभा, भदौ २२ गते ।  हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ । यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ । हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएकोले बजार माग उच्च रहेको राईको ...

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

असार २, काठमाडौं । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटीको नियमित सेवन गर्न आह्वान गर्‍यो ।  कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडीबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍यो । ती जडीबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।  स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ ।  विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्...

तुलसीको वैज्ञानिक र आयुर्वेदिक महत्त्व

  तुलसी: आँगनको शोभा मात्र होइन, स्वास्थ्यको खजाना पनि हिन्दू संस्कृति र परम्परामा तुलसीलाई देवी लक्ष्मीको रूप मानेर घरको आँगनमा विशेष र पूजनीय स्थान दिइन्छ। तर यसको महत्त्व केवल आध्यात्मिक आस्थामा मात्र सीमित छैन। आधुनिक विज्ञान र आयुर्वेद दुवैले तुलसीलाई एक शक्तिशाली औषधिको रूपमा स्वीकारेका छन्। यो अनमोल बोटका ५ मुख्य प्रकारहरू छन्, जसले स्वास्थ्य, विज्ञान र अध्यात्मको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्छन्। आउनुहोस्, तुलसीका प्रकार र यसका चमत्कारिक फाइदाहरू बारे विस्तृत रूपमा जानौं। तुलसीका पाँच मुख्य प्रकारहरू १. श्याम तुलसी: यसको पात गाढा हरियो वा हल्का बैजनी रङ्गको हुन्छ। २. राम तुलसी: यसको पात शुद्ध हरियो रङ्गको हुन्छ र यसको स्वाद मीठो हुन्छ। ३. श्वेत/विष्णु तुलसी: यसका पातहरूमा सेतो रङ्गको हल्का मिश्रण देखिन्छ। ४. वन तुलसी: यो जंगली प्रजाति हो र अन्य तुलसीभन्दा बढी कडा हुन्छ। ५. नींबू तुलसी: यसको पातमा कागतीको जस्तो बास्ना र स्वाद आउँछ। आयुर्वेदका अनुसार, यदि यी पाँचै प्रकारका तुलसीलाई मिलाएर त्यसको अर्क निकालियो भने, यो विश्वकै सबैभन्दा प्रभावकारी औषधि बन्न सक्छ। यो मि...

घरमै विकास गरियो यार्सागुम्बा र ४० प्रजातिका च्याउ

Image
   तपाईहरूलाई पढ्दा अचम्म लाग्न सक्छ, अब यार्सागुम्बा हिमाली क्षेत्रका ठूला पाटन तथा खर्कमा मात्र होइन घरको कोठामा पनि विकास गर्न सकिने भएको छ । पोखरा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक टिकाराम अर्यालले कोठामै यार्सागुम्बा फलाएका छन् । हिमालय च्याउ फार्ममा उनले विशेष प्रविधिमार्फत यार्सागुम्बा विकास गरेका हुन् ।  उनले घरको कोठामै नेपाली प्रविधिमार्फत यार्सागुम्बा विकास गर्न थालेको २ वर्ष भयो । विकास गरेको यार्सागुम्बा कोठाको किट (डब्बा) मा बढ्छ, माटो वा कुनै टिस्यु कल्चरमा होइन । विगत १८ वर्षदेखि विभिन्न प्रजातिका च्याउको कल्चर बैंक स्थापना गरेर नेपाली वनस्पति विज्ञान (बोटनी) मा नयाँ आयाम थपिरहेका प्राध्यापक अर्यालले नेपालमै प्रविधिको विकास गरी घरभित्रको कोठामा बहुमूल्य तथा बहुगुणी यार्सागुम्बा विकास गरेका हुन् ।  अहिले उनले किटमा विकास गरेको यार्सागुम्बा प्रतिगोटा एक हजार अथवा धेरै लिनेलाई त्यसको आधा मूल्यमा उपलब्ध गराइ रहेका छन् । अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बालाई अत्यन्त महँगो र महत्वका साथ लिइन्छ । विशेषतः नेपालको हिमाली जिल्ला र तिब्बतको केही स्थानमा किराको...