कौसीको तरकारी
कास्की । पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गाका कौसी कृषकले उत्पादित तरकारीको बिक्रीवितरण गर्न शुरु गरेका छन् । कौसी खेतीलाई व्यवस्थित गरेर अभियानमा सक्रिय स्थानीयवासीले तरकारीमा आत्मनिर्भर बन्दै बिक्रीवितरण गर्न शुरु गरेको कौसी खेती कृषक सावित्री घिमिरेले जानकारी दिए । “हामी पहिलापहिला आफूलाई बढी भएको तरकारी छरछिमेकमा बाँड्ने गथ्र्यौँ, पछिल्लो समय भने लगानी र मेहनतलाई ध्यान दिँदै कौसीमा पनि व्यावसायिक तरकारी उत्पादन गर्न सकिन्छ र आयआर्जनको बाटो बनाउन सकिन्छ भनेर बिक्री गर्न शुरु गरेका हौँ ।” उनले वडाका तीन टोल विकास संस्था मिलेर बनेको नागढुङ्गा विकास समाजले कृषि उपज सङ्कलन तथा बिक्री सहजीकरण वितरण केन्द्रमार्फत तरकारी बिक्री गरिने बताए । घिमिरेका अनुसार समाजमा १२० घरधुरी सदस्य छन् । सबै कौसीमा धेरथोर तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनेका छन् । अहिले घरमा फलेको तरकारी टिपेर सामाजिक सञ्जालमा राखेपछि ग्राहक तरकारी लिन आइपुग्छन् । घिमिरेले कौसीको तरकारी कुनै व्यापारीलाई नभई सीधै उपभोक्तालाई मात्रै बिक्री गरिने जानकारी दिए । उक्त क्षेत्रका कौसीमा अहिले घिरौ...