३० अर्बको धान चामल आयात
आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटे...